आइतबार , कार्तिक ९, २०७७

उदयपुरमा कार दुर्घटना : ५ जनाको मृत्यु

उदयपुरमा कार दुर्घटना : ५ जनाको मृत्यु

२ कात्तिक, विराटनगर । उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा कार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति ११ः५५ मा दुर्घटनाग्रस्त भएर सडकबाट झण्डै ९०० मिटर तल खसेको छ । दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । अरु पहिचान खुल्न बाँकी छ ।

तीब्र गतिका कारण ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय