बिहिबार , कार्तिक ६, २०७७

निजगढ–काठमाडौं द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

निजगढ–काठमाडौं द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

२ कात्तिक, वाग्मती । निजगढ–काठमाडौं द्रुतमार्गसँग हेटौँडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो ।

सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी शुरु गरेको छ । सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौं–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो ।

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित विन्दुको अवलोकन गरेका थिए । अवलोकनपछि रासससँग कुरा गर्दै उपाध्यक्ष डा कँडेलले द्रुतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताए । उनले द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताए । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उनको भनाइ थियो ।

पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुङ्गो लाग्ने बताए । उनले दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत विभिन्न सडकखण्डलाई फाराकिलो बनाउने, मोड घटाउन सुरुङ खन्ने र दूरी कम गर्न द्रुतमार्गसँग पहुँच स्थापना गर्ने कामका लागि थालेको पहल विकास निर्माणको आवश्यक प्रक्रिया भएकाले नेपाल सरकारले यसमा सहयोग र सहकार्य गर्ने बताए । “प्रदेशले हेटौँडा–काठमाडौंको दूरी ५४ किलोमिटरमा छोट्याउने जुन लक्ष्य लिएको छ, त्यो सरहानीय छ, नेपाल सरकारले यसलाई सहयोग गर्छ”, विज्ञ थपलियाले भने ।

मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टट्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउछन । हाल पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका सवारी साधन हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटर काठमाडौं गरी २२८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उनको भनाइ छ । ५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका सवारी साधनको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उनी बताउछन ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताउछन । सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र चाँडै नै कालोपत्रको काम शुरु हुने उनको भनाइ छ । उनले प्रदेश सरकारले गौरवको योजनाको रूपमा सुरुङसहित स्तरीकरणको काम गर्न लागेको र भैँसे–भीमफेदी सडक विस्तारको योजनासमेत कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन १९ घण्टा पहिले
काठमाडौं उपत्यकामा थप ३१०७ जनामा संक्रमण पुष्टि काठमाडौं उपत्यकामा थप ३१०७ जनामा संक्रमण पुष्टि ११ घण्टा पहिले
इन्द्रजितको स्वर र सुरेशको संगीतमाजुनमा हेरूँ तिमीलाई इन्द्रजितको स्वर र सुरेशको संगीतमाजुनमा हेरूँ तिमीलाई ८ घण्टा पहिले
अमेरिकी अन्तरिक्ष यानले ३० करोड किलोमिटर भन्दा पर रहेको छुद्रग्रहलाई छोयो अमेरिकी अन्तरिक्ष यानले ३० करोड किलोमिटर भन्दा पर रहेको छुद्रग्रहलाई छोयो १८ घण्टा पहिले
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, जिल्ला अस्पतालमा सिल स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, जिल्ला अस्पतालमा सिल ११ घण्टा पहिले
कर्णाली विवाद मिलाउन प्रचण्ड र माधव नेपालबीच छलफल कर्णाली विवाद मिलाउन प्रचण्ड र माधव नेपालबीच छलफल १३ घण्टा पहिले
आँपतालमा स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट आँपतालमा स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट १८ घण्टा पहिले
कोभिड प्रभावित अर्थतन्त्र उकास्न साझा प्रयास गर्नुपर्नेमा गभर्नर अधिकारीको जोड कोभिड प्रभावित अर्थतन्त्र उकास्न साझा प्रयास गर्नुपर्नेमा गभर्नर अधिकारीको जोड ७ घण्टा पहिले