शुक्रबार , कार्तिक ७, २०७७

मुम्बई र दिल्लीभन्दा कम छैन बेंग्लोर !

मुम्बई र दिल्लीभन्दा कम छैन बेंग्लोर !

२ कार्तिक, एजेन्सी । आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थानलाई हराएको छ । दुबईमा शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बैंगलोरलाई जित दिलाउन एबी डी भिलियर्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । बैंगलोरको जितमा निर्णायक इनिङ्स खेलेका उनले २२ बलमा ६ छक्का र १ चौका प्रहार गरे ।

यस्तै कप्तान विराट कोहलीले ४३ रन जोड्दा देबदुत पडीक्कलले ३५ रन बनाए । गुर्किरात सिंह १९ रनमा अविजित रहदा आरोन फिन्चले १४ रन बनाए । राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

राजस्थानको लागि कप्तान स्टिभ स्मिथले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोबिन उथप्पाले ४१ रन जोड्दा जोस बट्लरले २४ रन बनाए । बेन स्टोक्सले १५ रनमा आउट भए । बैंगलोरका क्रिस मोरिसले ४ तथा युजभेन्द्र चाहलले २ विकेट लिए ।

जितसँगै बैंगलोरले ९ खेलमा १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय