आइतबार , कार्तिक ९, २०७७

ए मेरो हजुर ४ को छायांकन सुरु

ए मेरो हजुर ४ को छायांकन सुरु

२ कात्तिक, काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन शनिबार घटस्थापनादेखि सुरु भएको छ । । घटस्थापनाबाटै चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको निर्माता सुनिलकुमार थापाले बताए ।

कोरोनाका कारण गत ७ महिनादेखि रोकिएको चलचित्रको छायांकन शनिबारबाट सुरु भएको हाे । थापाका अनुसार फुलपातीसम्म चलचित्रको छायांकन गर्ने यसपछि, पूर्णिमापछि फेरि चलचित्रको काम हुने भएकाे छ ।

संक्रमण उच्च भएको कारण सम्पूर्ण सुरक्षाको उपाय अपनाएर छायाँकन सुरु गरिएको छ । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन लकडाउन अगाडि करिब ५० प्रतिशत सकिएको थियो ।

निर्माणपक्षले तिहारसम्म चलचित्रको सम्पूर्ण दृश्यको छायांकन सक्ने तयारी गरेको छ । यसपछि, केही समय ब्रेक लिएर चलचित्रको गीतको छायांकन हुनेछ । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय