शनिबार , कार्तिक ८, २०७७

खैरो हेरोइनसहित दाजुभाइ पक्राउ

खैरो हेरोइनसहित दाजुभाइ पक्राउ

२ कात्तिक, सप्तरी । लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई आज बिहान सार्वजनिक गरेको छ । उनीहरु काका र ठूलो बुवाका छोराहरु हुन् ।इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स ७ प १८६५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् । मोटरसाइकल पछाडि सवार भरतका साथबाट १० ग्रामको दरले बनाइएको पाँच पोका खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको स्वीकारेका छन् । भरतले लगाएको प्याण्ट्सको गोजीमा प्लाष्टिकभित्र पोका बनाएर राखेका अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ । उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? १ मिनेट पहिले
कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु ११ घण्टा पहिले
वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । ३३ मिनेट पहिले
यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन ५६ मिनेट पहिले
कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? ५ घण्टा पहिले
बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द ९ घण्टा पहिले
कैदी बन्दीलाई खसी उपलव्ध गराउँदै वडा अध्यक्ष कैदी बन्दीलाई खसी उपलव्ध गराउँदै वडा अध्यक्ष ३ घण्टा पहिले
धनुषामा संक्रमणबाट थप एक जनाको मृत्यु धनुषामा संक्रमणबाट थप एक जनाको मृत्यु ११ घण्टा पहिले