बिहिबार , कार्तिक १३, २०७७

साइपाल गाउँपालिकामा आँखा शिविर सुरु

साइपाल गाउँपालिकामा आँखा शिविर सुरु

२ कात्तिक बझाङ । हिमाली गाउँपालिका साइपालमा आँखा शिविर शुरु भएको छ । शनिबारदेखि शुरु भएको शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया तथा उपचार गएिको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, तिलगङ्गा आँखा अस्पताल काठमाडौं, गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा भएको आँखा तथा बृहत् स्वास्थ्य शिविरमा भिडियो एक्सरे, हाइड्रोसिल जाँचलगायत स्वास्थ्य सेवासमेत प्रदान गरिएको जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले बताए । आँखाको समस्या देखिएका धेरै बिरामी भएका कारण स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीको भनाइ थियो ।

गाउँपालिकाले असोजमा ९२३ जनाको सामान्य जाँच तथा आँखा परीक्षण गरेकामा ६४३ ज्येष्ठ नागरिकमा आँखाको समस्या देखिएपछि तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक डा रीता गुरुङलगायत नौ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीको टोली उक्त ठाउँमा पुगेको हो । शिविरमा आज बिहानसम्म करीब एक हजार चार सय बिरामीको जाँच गरिएको, १३५ जनालाइ चश्मा वितरण गरिएको ३६ जनाको आँखाको शल्यक्रिया गरिएको शिविर टोलीमा सहभागी पत्रकार वसन्तप्रताप सिंहले जानकारी दिए ।

पहिलोपटक स्थानीयस्तरमै शिविर सञ्चालन भएपछि स्थानीयवासी खुशी भएका छन् । धेरै पैसा खर्च गरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका काँडा घर भएका बमबहादुर बोहोराले बताए । शिविरको उद्घाटन सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हामी हरेक माहामारीका सिपाई हुँ : प्रधानमन्त्री ओली [ पुर्णपाठ ] हामी हरेक माहामारीका सिपाई हुँ : प्रधानमन्त्री ओली [ पुर्णपाठ ] ६ दिन पहिले
सांग्रिला डेभलपमेन्ट बैंक संचालनमा आएको १६ वर्ष पुरा सांग्रिला डेभलपमेन्ट बैंक संचालनमा आएको १६ वर्ष पुरा ३ घण्टा पहिले
धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु ३ दिन पहिले
स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह ३ दिन पहिले
आजदेखि राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गर्दै आजदेखि राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गर्दै २ घण्टा पहिले
नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु ४ दिन पहिले
स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर चाडपर्वहरू मनाउनु सर्बोत्तम उपाय : नेता केसी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर चाडपर्वहरू मनाउनु सर्बोत्तम उपाय : नेता केसी ४ दिन पहिले
आज ४४४९ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २७२० संक्रमित आज ४४४९ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २७२० संक्रमित ६ दिन पहिले