मंगलबार , कार्तिक ११, २०७७

सरु र सुनिलको डिजिटल फोटोमा बले कक्रोज

सरु र सुनिलको डिजिटल फोटोमा बले कक्रोज

२ कात्तिक, काठमाडौं । लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दर्जनौ चर्चित गीतहरुमा आफ्नो जादुमय स्वर दिएर सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतमले फरक प्रस्तुतिको साथ “डिजिटल फोटो” को म्युजिक भिडियो लिएर आएकी हुन् ।

गीतकार कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । त्यसैगरी उत्सब दाहालले छायांकन गरेको गीतको भिडियोलाइ देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल ९बले० र हरिश निरौला ९कक्रोज० सँगै गीता ढुंगाना र प्रतिमा कंडेलको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय