शनिबार , कार्तिक १५, २०७७

फिल्म भाँडाकुटी घोषणा, मुकुन र बेनिशा मूख्य भुमिकामा

फिल्म भाँडाकुटी घोषणा, मुकुन र बेनिशा मूख्य भुमिकामा

२ कात्तिक, काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँ फिल्म घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागिएको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ ।

नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्म भाँडाकुटी आउँदो फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ ।

बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागिएको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह फिल्ममा हाबी छ ।

२०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । झण्डै एक करोड लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् ।

समाजको कथालाई नयाँ ज्ञान सहित पुरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय