शुक्रबार , कार्तिक १४, २०७७

विरगंज संजाल डटकमद्वारा मानव सेवा आश्रममा खाजा तथा माक्स वितरण

विरगंज संजाल डटकमद्वारा मानव सेवा आश्रममा खाजा तथा माक्स वितरण

२ कात्तिक, विरगंज । विरगंज संजाल डटकमद्वारा मानव सेवा आश्रममा खाजा तथा माक्स वितरण गरिएको छ। विरगंज संजाल डटकमद्वारा स्याउ एक काटुन, चाउचाउ दुई काटुन, केरा ६ दर्जन र माक्स सहयोग गरिएको छ। सो कार्यक्रममा विरगंज संजाल डटकमसंघ जुडेका चार जना व्यक्तिको सहभागिता थियो । संघले कोरोनालाई मधय नजर गर्दै थोरै संख्यामा उपस्थिति जनाएर सहयोग गरेको हो ।

सो कार्यक्रमलाई सानू मानव सेवाले सहजीकरन गरेको थियो । कार्यक्रममा विरगंज संजाल डटकमको सम्पादक तथा संचालक कृष्ण श्रीवास्तवले यसवर्षको दशैं आशिष थाप्ने र थलोमा भेला भएर मनाउने हिसाबमा निकै फरक र वियोगान्त हुनसक्ने अवस्था रहेको बताए । उनले कार्यक्रममा बोल्दै कोरोनाको संक्रमण जोखिम अनि अर्थतन्त्रको गहिरो खाडलले यसवर्ष दशैं सबैका दैलोहरुमा समानान्तर रुपमा नआउने बताए ।

जो जहाँ छौं, त्यहीँ दशैंको परिभाषा कोरिने पक्का छ। दशैंको समयमा नया लुगादेखि धेरै खर्च गर्छौं किनकी हाम्रो आमा बुबा छन । धेरै रमाइलो गर्छौं किनकी हामी भाग्यमानी छै हाम्रो भाइ बहिनी छन तर कहिले पनि हामी त्यो व्यक्तिको बारेमा सोचेको छौँ जो अनाथ, टुहुरा र समाजले अपहेजना गर्ने मानसिकरोगी जस्लाइ बस्न घर छैन, खानको लागि एक छाक खाना छैन , लगाउनको लागि एउटा लुगा छैन , त्यस्ता व्यक्तिहरुको लागि निरन्तर सेवागर्दै आएको मानव सेवा आश्रम को लागि कैले पनि नसोच्ने हामी एक पल्ट आवश्यक सोचौँ ।

हाम्रो महिनाको मोबाईल खर्चलाई बचाउन सकियो र त्यस्ता व्यक्तिको लागि सहयोग गरियो भने तेस्तो सन्तुष्टि लाखो खर्च गरेर गरिएको भोज र पार्टीले पनि प्राप्त नहुदो रहेछ। साथै विरगंज संजाल डटकमद्वारा यो पहिलो कार्यक्रम रहेको र आउने दिनमा यस्तो कार्यक्रम तथा सहयोग निरन्तर गर्ने बताए । सो कार्यक्रममा विरगंज संजाल डटकमका सदस्यहरु सनि चौरसिया, सुजित चौरसिया, साथै विरगंज संजाल डटकमको कार्यक्रम प्रस्तोता मोटिभेस्नल बकता दिपक गुप्ताको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय