शुक्रबार , कार्तिक ७, २०७७

नायक रवि कार्कीले खोले डान्स एकेडेमी

नायक रवि कार्कीले खोले डान्स एकेडेमी

२ कात्तिक, काठमाडौं । नायक रवि कार्कीले आफ्नै पेशालाइ निरन्तरता दिदै रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमी सन्चालनमा ल्याएका छन् । मिलाप , प्रेम विवाह , तिमी बिनाको संसार , यो कथा हो तिम्रो मेरो , जुनी जस्ता चलचित्रमा अभिनय गरेका नायक कार्कीले तारकेश्वर नगरपालीका वडा नं २ मा डान्स एकेडेमी स्थापना गरेका हुन् । कार्की नृत्यको क्षेत्रमा बिगत २३ बर्ष देखि सक्रिय रहेका छन् ।

घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको यस डान्स एकेडेमीको उदघाटन कार्यक्रममा स्थानिय बुद्धिजीवी , राजनीतिज्ञ , चलचित्रकर्मीको उपस्थिति रहेको थियो । रवि कार्कीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका तारेकेश्वर नगर सभापति श्रीराम थापा , बिशिष्ट अतिथिमा लेखक निर्देशक एव कलाकार ओम प्रतिक गुरुङ र वडाध्यक्ष रबिन्द्र केसी , अतिथिमा संगीतकार बिकाश चौधरी तथा सन्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै सन्चालक नायक कार्कीले नृत्यको क्षेत्रमा राम्रो भबिष्य भएको र अवको पुस्तालाइ आफूले सिकेको ज्ञानलाइ बाढ्ने उदेश्यले सन्चालन गरेको बताएका छन् । एकेडेमी सन्चालनमा नायक कार्किलाइ शोभा तामाङले साथ दिएकि छिन् । नायक कार्कीले लामो समय भारतिय सुप्रसिद्ध नृत्यनिर्देशक रेमो डिसुजा , राज जोशिसंग डान्स सिकेर आफ्नै देशमा केहि गर्छु भन्दै फर्किएका थिए । नायक कार्कीको रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमीमा हरेक प्रकारका डान्सका साथै एक्टीङ , थिएटर एक्टीङ , आरजेभिजेको समेत प्रशिक्षण दिने बताएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय