सप्तरीमा ५० ग्राम ब्राउन सुगरसहित दाजुभाइ पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १८:२०:२२
◊ धीरुभाइ
२ कात्तिक सप्तरी । सप्तरी प्रहरीले दाजुभाइलाई लागूऔषध पचास ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्लामा ब्राउन सुगरसहित पक्राउ पर्ने घटना संभवत पहिलो नै हो । प्रहरीले ब्राउन सुगरसहित जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बस्ने १९ वर्षीय निरज शर्मा र २७ वर्षीय भरत शर्मालाई पक्राउ गरेका छन ।
उनीहरु एउटै परिवारका काका भजित पर्ने नाताभित्रको रहेको बताइएको छ । शनिबार पक्राउ परेका उनीहरुलाई आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन । निरज मोटरसाइकल चालक भएको र पछाडी सवार भरतको साथबाट एक पोका पोलोथिन सहित १० ग्रामको दरले पाँच पोका गरी ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद छ हजार नौ सय रुपियाँ बरामद गरिएको पत्रकार सम्ममेलनमा प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ बकधुवा (महुली) स्थित भित्री सडक खण्डबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
महदेवा गाउँबाट महुलीतर्फ स ७ प १८६५ नम्बरको मोटरसाइकलमा लागूऔषध (ब्राउन सुगर) लिएर आउदै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ परेको जानकारी दिए ।
जिल्लाको महुली लागूऔषध ब्राउन सुगर कारोबारको ट्रान्जिट प्वाइन्ट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक धमलाले यहाँबाट उद्यपुर, धरान, काठमाण्डौसम्म ओसारपसार भइरहेको बताए ।
अहिले पक्राउ परेका उनीहरु सेवनकर्ता नभई कारोबारी भएको अनुसन्धानबाट खुलेको उनले भने, भारत बिहारको सुपौल स्थित प्रशान्त भनिने व्यक्तिबाट खरिद गरी ल्याएको बयान दिएको छ । उनीहरु उपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही गरिने उनले सो ऐन अनुसार १० देखि १५ वर्षसम्म कैद सजाय हुन सकिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार