बुधबार , कार्तिक १२, २०७७

अब सार्वजनिक गाडी चढ्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने

अब सार्वजनिक गाडी चढ्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने

२ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट जोगिन अब सार्वजनिक गाडी चढ्ने यात्रुहरुले पनि फेस सिल्ड ‘भाइजर लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ ।

सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए ।

बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर पनि लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्नेलगायतका सावधानी अनाए कोरोनाबाट जोगिन सकिने भुसालले बताए । अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ । विभागले फेससिल्ड प्रयोग गर्नुपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको छ ।

विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यात्रुलाई आग्रह गरेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय