आइतबार , कार्तिक ९, २०७७

सोमबारदेखि सरकारले सहुलियतमा खसीबोका बिक्री गर्ने

सोमबारदेखि सरकारले सहुलियतमा खसीबोका बिक्री गर्ने

२ कात्तिक, काठमाडौं । सरकारले साेमबारबाट सहुलियतमा खसीबोका बिक्री गर्ने तयारी गरेकाे छ । आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बैठक बसेर सहुलियत बिक्री मूल्य तय गरिने र सम्भव भए खसीबोका भाेलीदेखि बिक्री गर्ने तयारी गरेकाे हाे ।

काेराेना माहामारीका कारण यसवर्ष उपभोक्तामा दशैंको रौनक कम देखिएकाे छ । यस कारण कम्पनीले एक हजार खसीबोका ल्याउने भनिए पनि सबै एकै पटक भने नल्याइने जनाएको छ ।

दशैँका लागी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेको २१० वटा खसीबोका आइतबार काठमाडौं आइपुगेको छ । हेटौंडाबाट खरिद गरिएको खसीबोकाको पहिलो लट भखैरै कम्पनीको थापाथली चौरमा ल्याइएको छ ।

हेटौँडा र तुलसीपुरबाट क्रमश थप खसीबोका भित्रिदै छन । कम्पनीले हेटौंडाबाट जिउँदो खसीबोका प्रतिकिलो ५३५ देखि ५५० सम्म र तुलसीपुरबाट ५०० देखि ५८० सम्ममा खरिद गरेर काठमाडौं ल्याएको हो ।

यस्तै कम्पनीले यस वर्ष च्यांग्रा नबेच्ने भएको छ । जिउँदो च्यांग्रा निकै महँगो भएपछि खरिद गर्ने निर्णयबाट कम्पनीपछि हटेको हो । खाद्यले खरिद गर्ने ठाउँमै च्यांग्राको मूल्य गत वर्षभन्दा निकै बढेपछि नकिन्ने निर्णयमा पुगिएको कम्पनीले जनाएकाे छ ।  यस वर्ष काठमाडौंसम्म ढुवानी गर्दा जिउँदो च्यांग्राको मूल्य १००० हाराहारी पुग्ने र च्यांग्रा पनि निकै ठुला-ठुला मात्रै पाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्रीले सरकारी निवासमै ‘रअ’का प्रमुखसँग भेट्नु आपत्तिजनक प्रधानमन्त्रीले सरकारी निवासमै ‘रअ’का प्रमुखसँग भेट्नु आपत्तिजनक १७ घण्टा पहिले
गण्डकीमा संक्रमितको सङ्ख्या ६ हजार ४५९ पुग्यो गण्डकीमा संक्रमितको सङ्ख्या ६ हजार ४५९ पुग्यो १७ घण्टा पहिले
दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय : नेता सिंह दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय : नेता सिंह १४ घण्टा पहिले
बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान ११ घण्टा पहिले
वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । ८ घण्टा पहिले
किनमेल गर्न सर्वसाधारणको चहलपहल किनमेल गर्न सर्वसाधारणको चहलपहल १० घण्टा पहिले
नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? ८ घण्टा पहिले
कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? १२ घण्टा पहिले