शुक्रबार , कार्तिक १४, २०७७

बुटवलमा थप एकजना संक्रमितको मृत्यु

बुटवलमा थप एकजना संक्रमितको मृत्यु

२ कात्तिक, रुपन्देही । रुपन्देहीको कोरोना विशेष अस्पताल बुटवलमा थप एकजना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ५५ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष २७ गते अस्पताल भर्ना भई उपचार गराइरहेकोमा आज बिहान ११ बजे मृत्यु भएको हो । संक्रमित पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय