बुधबार , कार्तिक १२, २०७७

दशैंमा नबिल बैंकको भावुक भिडियो, कोरोना संक्रमितलाई हेला होइन, माया र हौसला दिऔं (भिडियोसहित)

दशैंमा नबिल बैंकको भावुक भिडियो, कोरोना संक्रमितलाई हेला होइन, माया र हौसला दिऔं (भिडियोसहित)

२ कार्तिक, काठमाडौं । पछिल्लो समय ग्राहकको भरपर्दो रोजाईमा रहेको नबिल बैंकले कोरोना महामारीमा दशैं विशेष खुशीको उपहार ल्याएको छ । सीईओ अनिलकेशरी शाह आफै संक्रमित भएको नबिल बैंकले कोरोना संक्रमितलाई हेला होइन, माया र सम्मानका साथ दशैँं मनाउन आग्रह गरेको छ ।

बैंकका सीईओदेखि प्रमुख दायित्व व्यवस्थापन तथा सञ्चार विभाग प्रमुख कृष्ण  सुवेदी लगायतका कर्मचारीहरू कोरोना संक्रमित भएपनि यस्तो बेला सर्वसाधारणलाई सहज रुपमा सेवा लिन नबिल बैंकले नयाँ योजना ल्याएको हो । घरमा कोही संक्रमित भैहालेमा मोबाइल बैंकिङमार्फत पनि दशैँमा लुगा कपडा किनेर घरमा खुशियाली मनाउन सकिने आधार पनि नबिल बैंकले दिएको छ ।

घरमा संक्रमित रहेका परिवारका सदस्यलाई माया दिएर, उनीहरुलाई हौसला दिएर, अनलाईनमार्फत पनि शपिङ गरेर दशैँ मनाउन सकिने भन्दै नबिल बैंकले उदाहरणीय भिडियो समेत सार्वजनिक गरेको छ ।

नबिल बैंकले सामाजिक सञ्जाल फेसबुक र युटुबमा सार्वजनिक गरेको सन्देशमुलक भिडियोलाई धेरैले मन पराउनुका साथै संक्रमितलाई माया र हौसला दिएर कोरोना जित्नुका साथै दशैँ पनि खुशीका साथ मनाउन सकिने सन्देश उक्त भिडियाेले दिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको सो भिडियो हेर्नेको संख्या २ दिनमै ३ लाख भन्दा बढी पुगेको छ । उक्त भिडियो हेर्दा जोकसैको पनि आँखा रसाउन पुग्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय