बागलुङको बडिगाडका ४१ घरमा धारा
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार २२:११:२०
२ कार्तिक ,बलेवा । बागलुङको बडिगाड गाउँपालिकाले खानेपानीको समस्या रहेको वडा नं. १० को दर्लिङमा रू ३९ लाख ७८ हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा)सँगको सहकार्य र स्थानीयवासीको श्रमदानमा ४१ घरमा एक–एकवटा धारो जडान गरिएको हो । सो आयोजनाका लागि नेवाको रू २६ लाख ३१ हजार, स्थानीय उपभोक्ताको रू १० लाख ३८ हजार र गाउँपालिकाको रू ३ लाख आठ हजार व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर रासकोटीले बताए ।
उक्त आयोजनाले पात्ले झाँक्रीस्थानका ४२ घरधुरीमा शुद्ध खानेपानी पु¥याइएको छ । वर्षौ अघिदेखि स्थानीयवासीले खानेपानीको समस्या झेल्दै आएकामा अहिले प्रत्येक घरमा शुद्ध खानेपानी उपलब्ध गराइएको छ । सो आयोजनाका लागि स्थानीयवासीले श्रमदानसमेत गरेका नेवाका गण्डकी प्रदेश प्रबन्धक कुमार सिलवालले बताए।“खानेपानीको समस्याले गर्दा किसानले तरकारीसमेत लगाउन नपाएका र गाईबस्तुलाई खोलाछेउमा लगेर पाल्नु परेको थियो” अध्यक्ष रासकोटीले भने, “अहिले पानीले धेरै सजिलो बनायो ।”
पाइपलाइनबाट पानी नपुगेका सात घरका लागि सोलार प्यानल जडान गरेर लिफ्ट प्रविधिमार्फत पानी खुवाउने योजना रहेको उनको भनाइ थियो । दर्लिङकै बलगाँसमा पनि गत साउनमा अर्को खानेपानी आयोजना निर्माण गरिएको थियो । रू २२ लाख ३९ हजारको लागतमा निर्माण गरिएको सो आयोजनाबाट ५५ घरधुरीले स्वच्छ पानी खान पाएको उपभोक्ता समितिका सदस्य बिजय केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार