बिहिबार , कार्तिक ६, २०७७

सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान गरी एकलाख झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान गरी एकलाख झिक्न सकिने

२ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोडमार्फत आफुले चाहेको रकम क्यूआर कोड स्क्यान (QR code scan) गरी भुक्तानी लिने सुविधा विस्तार गरि बैंकको नेपालभर रहेका सम्पूर्ण ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ ।

यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाखसम्मको रकम आफनो आवश्यकता अनुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटीएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय