सोमबार , कार्तिक १०, २०७७

अमेरिकी, इजरायली कुटनीतिज्ञ बहराइन प्रस्थान

अमेरिकी, इजरायली कुटनीतिज्ञ बहराइन प्रस्थान

२ कार्तिक, जेरुसेलम । इजरायलसँग बहराइनको कुटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको एक टोली आइतबार बहराइनतर्फ प्रस्थान गर्न लागेको छ ।

गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा सहमति भएको थियो । आइतबारदेखि हुने इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको संयुक्त टोलीले बहराइनी अधिकारीहरुसँग विभिन्न विषयमा सम्झौता गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–शाबातले आ–आफ्ना मुलुकका कुटनीतिज्ञहरुको नेतृत्व गर्दै छन । उनीहरु इजरायलको तेल अभिभस्थित बेन गुरिओन विमानस्थलबाट बहराइन प्रस्थान गर्नु हुने इजरायली अधिकारीहरुले बताएका छन् ।

इजरायलको व्यावसायिक विमान सेवा एल अलको फ्लाइट ९७३ ले साउदी अरेबियाको हवाई क्षेत्र हुँदै मनामा प्रस्थान गर्नेछ । नाम नबताउने शर्तमा एकजना इजरायली कुटनीतिज्ञले बहराइनसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापनालाई यस भ्रमणले औपचारिकता दिने जानकारी दिए।

गत महिना, सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएयता इजरायल र बहराइनका पदाधिकारीबीच सहयोगका विविध विषयमा छलफल गर्न मनामामा आयोजित समारोहका लागि पहिलो पटक व्यवसायिक उडान भएको थियो ।

इजरायल र बहराइनबीच कुटनीतिक सम्बन्ध स्थापना गर्ने विषयले प्यालिस्टिनी समुदायमा आक्रोश बढाएको छ । प्यालिस्टिनी नेताहरुले इजरायलसँग सम्बन्ध जोडेका बहराइन र संयुक्त अरब इमिरेट्सका नेताहरुले प्यालिस्टिनीलाई धोका दिएको आरोप लगाएका छन् ।

प्यालिस्टिनी स्वतन्त्र राष्ट्र घोषणा नहुँदासम्म इजरायलसँग दौत्य वा अन्य सम्बन्ध स्थापना नगर्ने यसअघिको अरब राष्ट्रहरुको पूर्व अडानबाट दुई मुलुक पछि हटेको प्यालिस्टिनीहरुको भनाई छ ।

सम्झौता अनुसार दुई मुलुकले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेसँगै एकअर्काका मुलुकमा राजदूतावास खोल्ने र राजदूतहरु नियुक्त गर्नेछन् । इजरायली अधिकारीहरुका अनुसार अर्को महिनासम्ममा बहराइनमा इजरायलले राजदूतावास खोल्नेछ । एपी

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक ८ घण्टा पहिले
कर्णाली थप ६५ जनामा कोरोना संक्रमण पुष्टि कर्णाली थप ६५ जनामा कोरोना संक्रमण पुष्टि २४ घण्टा पहिले
गण्डकीमा थप २५२ जनामा संक्रमण, ४ जनाको मृत्यु गण्डकीमा थप २५२ जनामा संक्रमण, ४ जनाको मृत्यु २० मिनेट पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल ८ घण्टा पहिले
त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने प्रचलन त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने प्रचलन २ घण्टा पहिले
आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित ८ घण्टा पहिले
“असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! “असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! २१ घण्टा पहिले
यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली ९ घण्टा पहिले