भाउज्यूको हत्याका आरोपी खुना सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ सोमबार ३:२४:२६
२ कात्तिक, कञ्चनपुर । भाउज्यूको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका शुक्लाफाँटा नगरपालिका ८ का २४ वर्षीय मानसिंह खुनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । प्रहरीले ३५ वर्षीया कलावतीको हत्याको आरोपमा मानसिंहलाई गत असोज २८ गते पक्राउ गरेको हो । कलावतीको शव सुनवरा नदी किनारमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।
उनीहरु दुवै संँगै माछा मार्न खोलामा गएका थिए । देवरसंँगै खोलामा माछा मार्न गएकी कलावतीको शव नदीको किनारामा गाडिएको अवस्थामा फेला परेपछि मानसिंहलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सार्वननिक गरेका खुना कलावतीका देवर हुन् । उनले सुनवरा नदीमा माछा मार्न नदीमा पसेका अवस्थामा घाँटी च्यापेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
खैरो हिरोइनसहित चार पक्राउ
प्रहरीले पुनर्वास नगरपालिका –६ बाट ४४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी लागुऔषध खैरो हिरोइनका कारोवारमा संलग्नलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएकामा पुनर्वास– ४ घ गाउँका दिनेश भट्ट तथा बेलौरी नगरपालिकाका गगन शाही, रमेश रावत र रोशन शाही छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको खैरो हिरोइन बरामद गरिएको बताए । पुनर्वास– ६ ङ गाउँस्थित सडकखण्डमा भारतबाट ल्याइरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले हिरोइनसहित चार जनालाई शनिबार पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार