बिहिबार , कार्तिक १३, २०७७

कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु

२ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ र काठमाडौंका २/२ जना तथा सुनसरी, सर्लाही, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र बर्दियाका एक एक जनाको मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय