शुक्रबार , कार्तिक ७, २०७७

बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता

बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता

२ कात्तिक, द हेग । कोरोना भाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूप्रति लक्षित भई तीब्र विरोध भएपछि उनीहरू भोलिपल्ट नै स्वदेश फर्किएका छन । नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो ।

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर गएका थिए, तर विरोधपछि उनीहरू शनिवार साँझ नै स्वदेश फर्किएका हुन। विदामा ग्रीस जान हिडेको भएपनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको राजा विलेम र रानी म्याक्सिले बताए । प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उनीसमेत दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दरबारको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन। हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पु¥याउँदैन ।” विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बनेका थिए । नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न । तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ । एएफपी

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गायक तथा उद्यमी कमल रेग्मीको हुन्न रहेछ परदेशमा गायक तथा उद्यमी कमल रेग्मीको हुन्न रहेछ परदेशमा ३ हप्ता पहिले
सिन्धुपाल्चोक र बाग्लुङलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय सिन्धुपाल्चोक र बाग्लुङलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय ४ हप्ता पहिले
पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले ४ दिन पहिले
राउटे समुदायकी देवीका पहिलो पटक ”मदानी”मा राउटे समुदायकी देवीका पहिलो पटक ”मदानी”मा ३ हप्ता पहिले
अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित ४ हप्ता पहिले
आजबाट एनआरएनएको तीन दिने विश्व विज्ञ सम्मेलन शुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने आजबाट एनआरएनएको तीन दिने विश्व विज्ञ सम्मेलन शुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने २ हप्ता पहिले
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान २ हप्ता पहिले
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ २ हप्ता पहिले