म्यान्चेष्टर युनाईटेडको जर्सीमा काभानीको अभ्यास शुरु
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार १४:२१:१२
३ कार्तिक, एजेन्सी । इडिन्सन काभानीले पहिलो पटक म्यान्चेष्टर युनाइटेडका सहकर्मीसंग अभ्यास सुरु गरेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट युनाइटेड आएका काभानीले पहिलो पटक नयाँ क्लबका सहकर्मीसंग अभ्यास सुरु गरेका हुन् ।
उनी आगामी मंगलबार च्याम्पियन्स लिगमा पूर्व क्लब पीएसजीविरुद्ध उत्रने सम्भावना रहेको छ । उरुग्वेका अन्तराष्ट्रिय फरवार्ड नयाँ सिजन खेलाडी सरुवा बजारको अन्तिम दिन युनाइटेडसंग जोडिएका थिए ।
उनले गत सिजनको अन्तिममा लिग वान क्लब पीएसजी छाडेका थिए । ३३ वर्षिया फरवार्डले युनाइटेडमा आएपछि बेलायत सरकारले अनिवार्य गरेको क्वारेन्टिनमा बसेका थिए । कोरोना भाईरसका महामारीका कारण सरकारले देशभित्र आउने हरेक नागरिकका लागि कडा प्रोट्रोकल तयार गरेको छ ।
नापोलीका पूर्व खेलाडी युनाइटेडका चार मुख्य फरवार्ड मध्यका एक हुन् । उनीसंगै युनाइटेडका मार्कुस रासफोर्ड, एन्थोनी मार्टियल र ओडियन इग्लो मुख्य फरवार्डको रुपमा रहेका छन् ।
लिग वानमा रहदाँ उनी सन् २०१६ देखि २०१८ सम्म सर्वाधिक गोलकर्ताको रुपमा रहेका थिए । अन्तराष्ट्रिय मञ्चमा उनको टिम उरुग्वे सन् २०१४ को विश्वकपमा चौथो बनेको थियो । उनको सहयोगमा उरुग्वेले सन् २०१४ र २०१८ मा विश्वकपको नकआउटमा स्थान बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार