बेल फर्किएको मैदानमा टोटेनह्यामको बराबरी
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार १४:३८:४३
३ कार्तिक, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाईटेडसँग ३–३ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा लिएको ३–० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो । टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे ।
वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । खेलको १६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३–० ले अघि रह्यो ।
तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२ औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३–१ को स्थितिमा ल्याए । खेलको ८५ औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३–२ को अवस्थामा आयो । त्यसपछि खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३–३ को बराबरी गर्दै वेस्ट ह्यामलाई हारबाट जोगाए ।
वेस्ट ह्यामसँगको खेलसँगै ग्यारेथ बेलले वेस्ट ह्यामका लागि डेब्यु गरेका छन् । रियल मड्रिडबाट एक सिजनका लागि लोनमा आएका बेल ७२ औं मिनेटमा स्टेभेनको स्थानमा मैदान छिरेका थिए । बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ । टोटेनहम तालिकाको छैटौं स्थानमा रहेको छ । वेस्ट ह्याम भने आठौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
सिराहामा ट्राफिक प्रहरी र यातायातको सेटिङ, १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार