आजदेखि सहुलियत मूल्यमा खसीबोका पाइने
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार १५:१९:२६
३ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ ।थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ । दाङ र मकवानपुरबाट काठमाडाैं ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।
निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दश रुपैयाँ छुट दिइने कम्पनीले जनाएकाे छ । पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २ सय ५ गरी ४ सय ५ वटा खसीबोका काठमाडाैं ल्याइएको छ । यसपालि एक हजार खसीबोका बिक्री गर्ने तयारी छ ।
हरेक वर्ष दशैँमा सरकारले खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि गएको वर्षको तुलनामा मूल्य बढी भएपछि अन्तिममा नल्याउने निर्णय भएको कम्पनीले जनाएको छ ।यसैबीच दशैँका लागि खसीबोका, भेडाच्याङ्ग्राको जोहो गर्नेले स्वस्थ र अस्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न डाक्टरहरूले आग्रह गरेका छन ।
काठमाडाैं महानगरपालिकाको पशुसेवा महाशाखाका प्रमुख डाक्टर झाकाअनुसार स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु हेलिकप्टरका पाइलट पासाङ शेर्पा निलम्बित
बैशाख ९, २०८१ आइतबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
सात महिना तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार