गाउँपालिकामै चिकित्सक राखेर स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार १७:०:५७
३ कार्तिक, डोटी । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा अंकित रेग्मीलाई नियुक्त गरेको हो । स्थानीय तहमा चिकित्सक राख्ने पूर्वीचौकी गाउँपालिका दास्रो स्थानीय तह भएको स्थानीयवासी चक्रबहादुर कठायतले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बिरामीको सङ्ख्या अधिक हुने र सामान्य उपचारका लागि पनि घण्टौँ टाढा सिलगढी तथा जिल्ला बाहिर बिरामीले जाँच गर्न जानुपर्ने बाध्यता भएका कारण बिरामीको सहजताका लागि मासिक रु एक लाख तलवमा चिकित्सकको व्यवस्था गरिएकोे बताए ।
गाउँपालिका स्वास्थ्य संयोजक राजु खड्काले नयाँ सेवा दिन थालेपछि अहिले सानागाउँ स्वास्थ्यचौकीमा उपचारका लागि आउने स्थानीयवासीको निकै भीड लाग्न थालेको बताए ।
स्वास्थ्यचौकीमा विभिन्न पदमा कार्यरत आठ कर्मचारी छन् । बिरामीको उपचारका लागि हाल हस्पिटल बेडको व्यवस्था नभएकाले भर्ना गरी उपचार गर्न कठिनाइ रहेकोमा चाँडै १० शैय्याको भवन निर्माण कार्य शुरु गर्ने गरी नेपाल सरकारबाट रु ८५ लाख रकम विनियोजन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार