मंगलबार , मंसिर ९, २०७७

‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका ’ योजना सार्वजनिक, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका ’ योजना सार्वजनिक, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

३ कार्तिक, काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महानचाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ नामक योजना सार्बजनिक गरेको छ ।

यस योजना अन्तरगत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा हरेक दिन एकलाख रूपैयाँ जित्न सकिनेछ । कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते पुर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआरमार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको छ ।

फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।
ै ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय