दुईसय ग्राम सुनसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार १९:५५:१०
३ कात्तिक धनुषा । जनकपुरबाट २०० ग्राम अवैध सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बलबा नगरपालिका– ४ का ३४ वर्षीय रामचन्द्र साह रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा बा१०च ३५६८ नंको इको भ्यानमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा जनकपुरको भ्रमरपुरा चोकबाट सो परिमाणको सुनसहित उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणले जनाएको छ । बरामद गरिएको २०० ग्राम सुनको बजार मूल्य १६ लाख २३ हजार ८०० रहेको छ ।
गणका सशस्त्र प्रहरी निरीक्षक शम्भू कटवालको नेतृत्वमा खटिएको टोलीले काठमाडौँबाट अवैधरुपमा चोरी पैठारी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार साँझ उक्त सुन र गाडी पक्राउ गरेको हो । सुनसहित गाडीको अन्दाजी मूल्य करिब रु ३१ लाख २३ हजार ८०० रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सुन र गाडी आवश्यक कानूनी कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार