विद्यालयलाई बैंकको बिनाधितो कर्जा
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार २१:३७:२२
३ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले रु पाँच लाखदेखि रु १५ लाखसम्म विद्यालय र संघसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह गर्ने जनाएको छ । कार्यक्रमअनुसार कर्जा प्रवाह गर्दा मासिक वा त्रैमासिकरुपमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको बैंकको शाखाका प्रबन्धक बाबुराम खरेलले बताए ।
कर्जा माग्ने कर्मचारी तीन वर्षको स्थायी हुनुपर्ने र सेवानिवृत्त हुन पाँच वर्षको अवधि बाँकी भएमा कर्जा प्रवाह गर्न सकिनेछ शाखा प्रबन्धक खरेलले भने “स्थायी कर्मचारीको चार वर्षको तलब स्केलअनुसार बैंकले न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्नेछ ।”
बिनाधितो कर्जाका लागि शुक्लाफाँटा नगरपालिका– ७ स्थित धर्मजनता माध्यमिक विद्यालयसँग बैंकले सम्झौतासमेत गरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कर्जा प्रवाहका लागि बैंकले सम्झौता गरेको हो । बैंकले हाल सुन कर्जा, पेन्सन बुझ्ने खाता, राजस्व बुझाउने सुविधा, सञ्चय कोष, नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने सुविधा, डिमेट सुविधा, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क एटिएम कार्डलगायतका सेवा ग्राहकलाई दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईको पहिलो दिन, अंग्रेजी विषयको परीक्षा
चैत १५, २०८० बिहिबार
शिक्षा मन्त्रालयको स्थानीय तहलाई परिपत्र, ‘निजी विद्यालयको शुल्कमा कडाई गर्नू’
चैत १२, २०८० सोमबार
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार