विद्यालयमा दुई लाखको अक्षयकोष
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार २१:४०:४०
३ कात्तिक, गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा रहनु भएकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठका तर्फबाट संयुक्तरूपमा रू एक लाख एक हजार एकसयकोे ‘पदमबहादुर श्रेष्ठ स्मृति टुहुरो जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ र नाति अभिनव श्रेष्ठका तर्फबाट रू एक लाख एक हजार एकसयकोे ‘गरिब तथा जेहेन्दार दलित छात्रवृत्ति कोष’ स्थापना गरिएको हो ।
विद्यालयमा आज आयोजित कार्यक्रमा परिवारका तर्फबाट उपलब्ध गराइएको सो रकमबाट ती कोष स्थापना गरिएको विद्यालयका प्रधानध्यापक रामचन्द्र पौड्यालले जानकारी दिए । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यार्थीहरू छनोट गरी जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने उनले बताए । नेपाली सेनाका जमदारबाट अबकास समाजसेवी श्रेष्ठको ८२ वर्षको उमेरमा गत असोज १५ गते उपचारका क्रममा काठमाडौ छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा निधन भएको थियो ।
उनले बोर्लाङको शिक्षा क्षेत्रको बिकासका लागि महत्वपूर्ण योगदान दिएको वडाध्यक्ष श्रेष्ठले बताए । गाउँमै स्कुल खोल्नुपर्छ भनी स्थानीय नागरिकलाई जागरुक गराउने अभियानमा जुटनुभएका स्व श्रेष्ठले २०१६ सालमा विद्यालय स्थापनाका लागि जग्गा दान पनि दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार