मंगलबार , मंसिर १६, २०७७

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएल बीच सहकार्य

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएल बीच सहकार्य

३ कात्तिक, काठमाडौं । नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता भएकोमा एनपीएसको प्रणाली इन्टिग्रेसन भई आजबाट सञ्चालनमा आएको जानकारी दिइएको छ ।

उक्त सम्झौता पश्चात् एनपीएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल–आईपीएस (NCHL-IPS) तथा कनेक्ट आईपीएस (ConnectIPS) प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ ।

त्यसैगरी आउने दिनहरुमा एनसीएचएलले एनपीएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्ने जानकारी दिइएको छ ।

एनपीएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुई पीएसओबीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो, जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तरबद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।

एनसीएचएलले NCHL-ECC, NCHL-IPS, ConnectIPS e-Payment, ConnectRTGS र NPI प्रणालीहरु सञ्चालन गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुका साथै यसले आफ्नो भुक्तानी प्रणालीहरुमा विभिन्न पीएसपी/पीएसओहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस आइटी र फिन्टेक क्षेत्रका विज्ञहरुद्वारा पृथक तथा नवीनतम भुक्तानी पूर्वाधारहरु प्रदान गर्न स्थापना गरिएको संस्था हो । यसले विभिन्न भुक्तानीका सेवाहरु एकिकृत गरेर (aggregated) लगायत API मा आधारित विभिन्न भुक्तानीका माध्यमहरुको विकास गर्दै आएको छ । साथै यसले अन्तरबद्धतामार्फत बैंक तथा वित्तीय तथा अन्य सदस्यहरुलाई थप सुविधाहरु प्रदान गर्दै जाने उल्लेख गरिएको छ । थप जानकारीका लागि www.nchl.com.np वा www.nepalpayment.com मा हेर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय