‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ मंगलबार १:२०:२९
३ कात्तिक, काठमाडौं । ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे ।
पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई अघि बढाउनेमा आफु आशावादी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव रमेश सिलवाल लगायतको उपस्थिती रहेको थियो । उक्त पुस्तकले खेलकुदसँगसंगै स्वास्थ्य र शिक्षाका लागि पनि महत्वपूर्ण योगदान पुग्ने दाबी पेश गर्दै पुस्तकको सारलाई अंगिकार गर्न सकेको खण्डमा हर खेलाडी सफल बन्ने पुस्तकका भाषा सम्पादक तथा प्रकाशक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
धितालका जनयुद्धकालीन डायरीमाथि ‘नेपालगञ्ज संवाद’
फागुन २४, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार