विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १२:५९:४१
४ कात्तिक, दमौली । तनहुँको व्यास नगरपालिका–३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उनले सो रकमको अक्षयकोष स्थापना गरे ।
आफ्नो ८४ औं जन्मदिनको अवसरमा गत वर्ष रु दुई लाखको अक्षयकोष स्थापना गरेका श्रेष्ठले उक्त कोषमा रु तीन लाख थप गरेका छन । उक्त रकम श्रेष्ठसहित छोरा शान्तकुमार श्रेष्ठ र बुहारी इन्द्रकला श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी र प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गरे।
सो रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषमा जम्मा गरिएको र कोषबाट प्राप्त हुने ब्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।
अवकाशसँगै एक लाखको अक्षयकोष
सोही विद्यालयका शिक्षक झलकराज पौडेलले विद्यालयमा रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका छन । शिक्षकबाट अवकाश भएसँगै पौडेलले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । पौडेल ६० वर्ष उमेर पुगी सेवा निवृत हुनुभएको छ । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईको पहिलो दिन, अंग्रेजी विषयको परीक्षा
चैत १५, २०८० बिहिबार
शिक्षा मन्त्रालयको स्थानीय तहलाई परिपत्र, ‘निजी विद्यालयको शुल्कमा कडाई गर्नू’
चैत १२, २०८० सोमबार
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार