ओली सरकारको औचित्य सकियो : गजुरेल
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १७:५७:२१
४ कार्तिक, काठमाडौं । झण्डै दुईतिहाई नजिक, सर्वाधिक बलियो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा बिराजमान भएको लगभग पौने तीन वर्ष पूरा भएछ । यसअवधिमा सरकारले जनताका लागि के चाहिं दियो त भन्दा हात लाग्यो शून्य । बरु जनतामारा निर्णय थोपरेर बिचौलिया र माफिया पोस्ने अनगिन्ती निर्णय भने गरेको छ ।
पछिल्लोपटक सरकारले कोरोना संक्रमणको उपचार नागरिक स्वयंले गर्ने निर्णय गर्यो । जुन संविधान , कानून, सर्वाेच्च अदालतको नजिर र जनताप्रतिको उत्तरदायित्वको खिलाफ छ । नागरिक समाजले यसको चर्काे आलोचना गरेका छन् । संविधानविदले ओलीको सर्वसत्तावादी चरित्रको बखान गर्दैछन्, तर ओली सरकारका लागि यसले छोएको छैन् । कोरोनाको सबै उपचार नागरिकले नै गर्नुपर्ने निर्णय गरेपछि गरिब निमुखाको बिचल्ली भएको छ । यसले कोरोना संक्रमण अझै जरा जरासम्म फैलने त्राश बढेको छ ।
त्यसैले राजनीतिक वृत्तमा ओलीको गणना सबैभन्दा असफल प्रधानमन्त्रीका रुपमा हुन थालेको छ । अब ओली सरकार केका लागि ? भन्ने प्रश्न सर्वत्र उठेको छ । सरकारको औचित्य केका लागि ? जब नागरिकलाई संविधानले दिएको नैसर्गिक हकबाटै बञ्चित गर्न उद्यत् हुन्छ भने त्यो सरकारको कुनै औचित्य र अर्थ रहँदैन ।
नेकपा माओवादी वैद्य समूहका पोलिटव्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री सीपी गजुरेल भन्छन्– ओली सरकार अब केका लागि ? जब जनताको आधारभूत हक अधिकार नै सुरक्षित छैन भने यो मुलुकमा सरकार छ भनेर कसरी पत्याउने ? ओलीको भजनमण्डलीका लागि चाहिने बन्दोवस्तीका सामान उपलव्ध गराउनका लागि मात्रै यो सरकार उपयोगी होला, तर जनताको समस्या हल गर्ने सवालमा कुनै अर्थ छैन – उनले भने ।
दुई तिहाई नजिकको सरकारका प्रधानमन्त्री ओली इतिहासमै सबैभन्दा कमजोर अवस्थामा रहेको उनको बुझाई छ । त्यसैले दुई तिहाईका प्रधानमन्त्रीले साढे दुई वर्षको समयावधिमा १२ पटक त मन्त्रिमण्डल नै पुनर्गठन गरेका छन् । तिहार लगत्तै उनले फेरि अर्काे पुनर्गठन गर्ने भनेका छन् । यो परिवेशलाई हेर्दा ओली सरकार सबैभन्दा अस्थिर र कमजोर सरकारको कोटीमा परेको हाम्रो ठम्याई छ– गजुरेल भन्छन् ।संविधानको धारा ३५ ले महामारीको उपचार राज्यले गर्ने प्रष्ट लेखेको छ तर ओली भने अब नगर्ने भन्दै पन्छँदै छ , त्यसैले सरकार बहिर्गमनको पर्याप्त आधार तयार भइसकेको धारणा नेता गजुरेलको रहेको छ ।
त्यो भन्दा पनि महत्वपूर्ण पक्ष भनेको संघीयताको मर्ममाथि नै ओलीले निर्मम प्रहार गरेका छन् । कर्णाली प्रदेशमा हालै देखिएको बबण्डरका सन्दर्भ पारेर बोलाइएका प्रदेशस्तरीय नेताहरुलाई भेला पारी ओलीले व्यक्त गरेको धारणा नेपालको संविधान र जनभावना विपरित छ । ओलीले भनेका थिए– संघीय सरकारको आदेश बिना प्रदेश सरकारले कुनैपनि निर्णय गर्न मिल्दैन, प्रदेश भनेको संघको प्रशासनिक इकाइ मात्र हो । ओलीको यही सोच र अहंकारले अब उनी नेतृत्वको सरकार औचित्यहिन भएको बुझाई नेता गजुरेलको रहेको छ ।
महामारीका बेलामा समेत ओली सरकारको प्राथमिकता भ्रष्टाचार र अनियमिततामै केन्द्रित देखियो । स्वास्थ सामग्री खरिद प्रकरणमा सरकारका मन्त्रीहरुको खुलेआम संलग्नता पुुष्टी हुँदासमेत प्रधानमन्त्री ओली मौन बसे । यत्ति कारण नै ओली सरकार असान्दर्भिक भएको प्रमाणित गर्ने आधार हो भन्दै नेता गजुरेलले वाइडबडी, न्यारोबडी, फोर जी विस्तार,यति होल्डिङ्स र ओम्नी प्रकरण यसका ज्वलन्त प्रमाण भएको उनले बताए ।
हेर्दा सामान्य लागेपनि सरकारप्रति अब कसैको भरोशा रहेन । हरेक क्षेत्र तहसनहस बनाइएको छ । केवल ओली र वरिपरीका मानिसको हितमा नीति नियम बनाइन थालेका छन् । यस्तै अवस्था अझै केही समय रहने हो भने जनता फेरि अर्काे आन्दोलनको लागि उत्रनुको विकल्प नरहेको भनाई नेता गजुरेलको रहेको छ ।
ओलीको अहम् चुलिनुमा दुई वटा मुख्यकारण रहेको उनी ठान्छन् । पहिलो त सत्ताधारीहरु विधिविधान भन्दा सत्ताकेन्द्रित भएकाले समस्या निम्तिएको हो । ओलीलाई पार्टी प्रणालीमा चलाउन नसक्नु नै नेकपा भित्रको सबैभन्दा ठूलो कमजोरी रहेको ठम्याई नेता गजुरेलको छ । त्यसका लागि पुष्पकमल दाहाल र माधवकुमार नेपाल बढी जिम्मेवार छन्– उनले भने । ओलीलाई पार्टीले लगाम कसेको थियो भने जनविरोधी काम यो तहमा हुने थिएन भन्दै उनले तर प्रचण्डको सत्तामोह नै यो अवस्था निम्याउने मुख्य कारक रहेको उनले बताए ।
अर्काे कारणका रुपमा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गैरजिम्मेवार नेतृत्व र भागबण्डा खोज्ने प्रवृत्ति रहेको बुुझाई उनको छ । कांग्रेसले प्रतिपक्षीय भूमिका निर्वाह गरेको भए ओली यति धेरै छाडा हुने थिएनन्, तर प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नै ओलीसँग भागबण्डा खोजेर बस्न थालेकाले हाइसञ्चो भएको नेता गजुरेलले बताए । अब जनता नै सडकमा ओर्लेर ओलीलाई सत्ताबाट घिसार्नुको बिकल्प नरहेको पनि उनले धारणा राखे । त्यसका लागि एउटा निर्णायक युद्धको आवश्यकता अझै रहेको उनी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार