असईको हत्या भएकै ठाउँमा भेटियो बेपत्ता प्रहरी जवानको शव
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १७:५५:१०
४ कार्तिक, धनगढी । कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीबाट बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । प्रहरी असई गोविन्द विश्वकर्माको शव यसअघि नै भेटिएको थियो । शनिबार राती तस्करहरुले प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या गरेपनि जवान साउद भने वेपत्ता थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेकाको प्रारम्भिक बयानका आधारमा जवान साउदको शव फेला परेको हो । उनको शव प्रहरी सहायक निरीक्षक विकको शव पाएको भन्दा उत्तरतिर मोहना नदीकै बीचमा बालुवामुनि पुरिएको अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार दुवै जनालाई तस्करहरुले समातेर विभत्स हत्या गरेका थिए । पक्राउ परेका ११ जनामध्ये केहीको बयान अनुसार बेपत्ता भएका जवान साउदको शव भेटिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार