मेलौलीको आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १८:४१:४०
४ कात्तिक, बैतडी । बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिए ।
आयुर्वेद चिकित्सक नहुँदा क्षार सूत्र कर्म, पायल्सको उपचारलगायतका सेवा प्रभावित भएका उनले बताए । उनले भने, “आयुर्वेद चिकित्सक नहुँदा विभिन्न सेवाहरु प्रभावित भएका छन् । चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्तैनन् । यसले सेवाग्राहीलाई मार परेको छ ।”
केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवाहरु सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा ती सेवाहरुलाई प्रभावकारी बनाउन नसकिएको चन्दको भनाइ छ । उनले भने, “हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवा सञ्चालन गरेका छौँ । तर चिकित्सकको अभावमा पायल्सको प्रभावकारी उपचार हुन सकिरहेको छैन ।”
तल्लोसोराड क्षेत्रका नागरिकका लागि पायक पर्ने स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा सेवा पाउन असहज भएको स्थानीयवासी केशवसिंह भाटले जानकारी दिए । आयुर्वेदिक उपचार पद्दति राम्रो भए पनि चिकित्सकको अभाव रहेको उनले बताए । उनले भने, “आयुर्वेदिक उपचारका नागरिकको आकर्षण छ । तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवा पाइरहेका छैनौँ ।”
केन्द्रका सूचना अधिकारी चन्दले पछिल्लो समयमा आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढेको भए पनि चिकित्सक नहुँदा धेरै सेवाहरु प्रभावित भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार