मंगलबार , मंसिर ९, २०७७

ईसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक

ईसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक

४ कार्तिक, काठमाडौं । नेपालीहरूको महानचाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।

यस उपहार योजना अन्तरगत बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सक्नेछन् भने एकहजार भन्दा बढीले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् । यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने इसेवाले जनाएको छ ।

यो अवधिमा इसेवामार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरि बिजेता घोषणा गरिने इसेवाको भनाई छ । विजेताहरू हरेक हप्ता सार्वजनिक गरिने तथा योजनाको अन्तिममा एकजना भाग्यशाली विजेता छानिने इसेवाले बताएको छ ।

यस उपहार योजनामा इसेवाले एमएसआ, मिनिसो, केकेफसी, टीएफटी, दराज, बेननेभिज, एसीडीसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

 

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय