वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १९:२३:१२
४ कात्तिक, वाग्मती । प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ । बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना अघि बढाइएको हो ।
जसका लागि प्रदेशका १० जिल्ला काठमाडौं ललितपुर र भक्तपुरबाहेकु प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटलाई चुस्तदुरुस्त बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालय मातहत रहेका सबै जिल्ला प्रहरी कार्यालय, सबै ट्राफिक प्रहरी कार्यालय र दङ्गा प्रहरी गण कार्यालयसहित सबै प्रहरी युनिट शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी दिइएको छ । प्रदेशका १० वटा जिल्लामा चाडपर्व लक्षित गरी करिब थप ३०० सुरक्षाकर्मी जिल्ला÷जिल्लामा पठाइसकिएको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ । सबै जिल्ला र आवश्यकताका आधारमा विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापनासमेत गरिएको हो ।
उक्त सुरक्षा योजनाअन्तर्गत चोरी ठगीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण, सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन, राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरण र समयमै उद्धार गरिनेजस्ता योजना छन् । वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटमा गरी करिब चार हजार ५०० सुरक्षाकर्मी कार्यरत रहेको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार