धौलागिरिमा पहिराेबाट पूर्वाधारमा २६ करोड क्षति
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १९:३६:१०
४ कात्तिक, बेनी । म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षातकाे कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनःनिर्माण गर्न रु २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए।
गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पु¥याएको क्षतिको विवरण र तथ्याङ्क सङ्कलन गरेको हो । पहिरो पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र संघ सरकारसँग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ । गत असारको पहिरोले मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए ।
पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवन भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा पूर्णरुपमा घरबारविहीन भएकाको आवास पुनःनिर्माण गरिने र जोखिम र जीर्ण बनेका घरको समेत मर्मत र आवश्यकताअनुसार पुनःनिर्माणमा सघाउने योजना बनाएको अध्यक्ष पुनले बताए । “विनाशकारी पहिरोले ठूलो क्षति पु¥याएको छ, अब आवास पुनःनिर्माणमा अघि बढ्छौँ, हिउँदभरमा सबै घरबारविहीन भएकालाई सुरक्षित आवासको प्रबन्ध गर्ने हाम्रो योजना छ”, अध्यक्ष पुनले भने।
धौलागिरिको वडा नं ६ मराङमा २४, वडा न ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरी कूल ६० घर पहिरोले पूर्णरुपमा क्षति भएको छ । गाउँपालिकाले ताकम, धारापानी र मल्कबाङमा सुकुम्बासीबाहेकका पीडित परिवारको हकमा उनीहरुकै जग्गामा आवास पुनःनिर्माण गर्ने र मराङका पहिरो पीडितको लागि भने एकीकृत बस्ती बनाउने अवधारणा अघि सारेको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
भूगर्भविद्को टोलीबाट अध्ययनका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको र अध्ययन र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुनःनिर्माणलाई अघि बढाउने गाउँपालिकाको तयारी रहेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए। हालै सम्पन्न विशेष गाउँसभाबाट गाउँपालिकाले आवास पुनःनिर्माणका लागि रु ४९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ भने प्रकोप व्यवस्थापन कोषमा रु ५० लाख छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।
प्रदेश र संघ सरकार तथा म्याग्दी प्रवासी नेपाली संघले ‘मोना’, विभिन्न सहयोगदातासँग समन्वय गरी घरबारविहीन भएकाको आवास पुनःनिर्माण गर्न जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले पहिरो पीडितको सहयोगदार्थ सञ्चालन गरेको सहयोग संकलन अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट रु आठ लाख र सहयोगदाताबाट रु ४२ लाख सहयोग जुटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमार्च महिनाले बनायो विश्वव्यापी गर्मीको नयाँ कीर्तिमान
चैत २९, २०८० बिहिबार
नेपालमा वायुको गुणस्तरमा पछिल्लो केही वर्षयता तुलनात्मक सुधार हुँदै
चैत २२, २०८० बिहिबार
हिउँ रहे पो हिमालचुली !
चैत १९, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार