सप्तरीमा एक महिनामा २०२ फरार अभियुक्त पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार २१:१:१६
◊ धीरुभाइ
४ कात्तिक, सप्तरी । सप्तरी प्रहरीले थालेको अभियान अन्तर्गत एक महिनाको अवधिमा २०२ जना फरार अभियुक्त तथा प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न अभियान चलाएपछि असोज महिना मित्रै २०२ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार तथा अनुसन्धानका क्रममा फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।फरार अभियुक्तलाई पक्राउ गरी अदालत समक्ष बुझाएर कैद, सजाय तथा जरिवाना असुल उपर गराउनुको साथै अनुसन्धानको क्रममा रहेको मुद्दालाई अगाडी बढाउन सहयोग पुगेको बताइएको छ ।
कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दालगायतका फरार अभियुक्त तथा प्रतिवादीहरु पक्राउ परेको प्रहरी उपरीक्षक धमलाले बताए । फरार अपराधीलाई पक्राउ गर्न अभियान थालेपछि स–साना जरिवाना, कैद सजाय पाएका धेरै व्यक्तिहरु स्वयम् अदालत समक्ष उपस्थित भएर तिर्न बाध्य भएको उनले बताए । यसले समाजमा अपराध र बिकृती र बिसंगतिहरुलाई निरुत्साहित गर्न सहयोग पुग्ने भएकोले स्थानीयवासीको सहयोग आवश्यक रहेको बताए ।
जिल्लाको शक्तिपीठ तथा मन्दिर क्षेत्रहरुमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना गराउन तथा हिन्दुधर्मालम्बीहरुको महान चाडपर्व विजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक धमलाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार