झापाको दमकमा थप दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ बुधबार ०:०:२
४ कात्तिक, दमक । कोरोना भाइरसको संक्रमणवाट झापाको दमकमा आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया वृद्धा र वडा नं ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । ती सङ्क्रमितलाई आइतवार उपचारका लागि विर्तामोड ल्याइएको थियो । त्यस्तै दमक ५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए ।
दमकको लाइफलाइन अस्पतालमा उपचार गरारहेकी उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । दुवै संक्रमितको आज कनकाईमाईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार