प्रदेश १ मा ८७० कोरोना संक्रमित थपिए
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ बुधबार १:५६:३९
४ कात्तिक, विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ८७० जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण सङ्ख्यामा अहिलेसम्मकै उच्च हो । थपिएका संक्रमितमा सुनसरीमा ४४९, मोरङमा ३३७ मध्ये विराटनगरमा २३२, झापामा ३८, इलाममा १०, उदयपुरमा सात, सोलुखुम्वुमा छ, सङ्खुवासभा र तेह्रथुममा दुईदुई, धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा एकएक र प्रदेश बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितमा ३४८ महिला र ५२२ पुरुष छन् । प्रदेश १ मा अहिलेसम्मममा कोरोना संक्रमितको सङ्ख्या १४ हजार ८५८ पुगेको छ भने अहिलेसम्मम छ हजार १८४ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । आज मात्रै विभन्नि स्थानबाट १४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा एक हजार ६८२ जना सहित कुल एक लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण भइसकेकको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार