बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १३:४७:५८
५ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन गरिएको छ ।पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न जग्गा पहिचान गरिएको हो । गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ वटा घर भत्किएको थियो । सो पहिरोमा परेर आठ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए ।
घरबास गुमाएकामध्ये एक जनाको काठमाडौंमा घर छ । २० जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारको घर निर्माणका लागि पाँच रोपनी जग्गा पहिचान गरिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए ।
बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान परिसरमा विस्थापितको घर बनाउन रु २० लाखमा जग्गा खरिद गर्ने तयारी भएको छ । “स्वदेश तथा विदेशमा भएका बिमवासीहरुको पहलमा सङ्कलित रकमबाट जग्गा खरिद गरेर दशैलगत्तै पहिरोपीडितका लागि घर निर्माण शुरु गर्ने योजनामा छौँ”, वडाध्यक्ष जुग्जालीले भने, “जतिसक्दो छिटो पुनःबासको व्यवस्था मिलाउन पालिका, प्रदेश र संघ सरकारलाई कार्यविधि र बजेटको ब्यवस्थापन गर्न माग गरेका छौ ।”
उनीहरुको पुनःबासका लागि समुदायस्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत सङ्कलन भएको छ । घरबास गुमाएकाहरुलाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ । पहिरोबाट क्षतिग्रस्त दरवाङ–खारा–बिम तल्लोगाउँ जोड्ने सडक रु ५८ लाखमा मर्मत भइसकेको छ । वडा कार्यालय रहेको तल्लोगाउँबाट बाइन्दफाँट हदै मालिका जोड्ने सडक पनि पालिकाले विनियोजन गरेको रु २५ लाख बजेटबाट मर्मत भइरहेको छ ।
नेपाल बिद्युत प्राधिकरणको प्राबिधिक सहयोगमा युवा क्लवको नेतृत्वमा श्रमदान गरेर पहिरोका कारण अवरुद्ध विद्युत् मर्मत गरिएको थियो । पहिरोले दुई बर्षअघि रु एक करोड ४३ लाख खर्चेर निर्माण भएको बिम लिफ्ट र बाइन्दफाँट खानेपानी आयोजनाको मुहान बगाएपछि बैकल्पिक मुहानबाट पानी आपुर्ति गराइएको छ ।
लिफ्ट आयोजनाको मुहान नै बगाएकाले नयाँ मुहानबाट पानी ल्याउन पहल गरिएको वडाध्यक्ष जुग्जालीले बताए । नौमानेमा रहेको शिव आधारभूत विद्यालयको भवनमा बाढी पसेको र खाराको बाल विकास केन्द्रको भवन भत्किएको छ । मंगलबार बिम पुगेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसमक्ष स्थानीयवासी र जनप्रतिनिधिले पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि थप बजेट र योजनाको व्यवस्था गर्न माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
गोरखाको वीरेन्द्र तालमाथि हिमपहिरो खस्दा अचानक बाढी
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार