३० लाख लिएर क्राईमका इन्चार्ज तस्करीलाई सघाउँदै
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १९:५३:५०
५ कार्तिक, वीरगञ्ज । पर्साको अलौं र कोनियाका केही तस्करहरुलाई संरक्षण गर्दै क्राईम ब्रान्चका सई प्रकाश रावतले उनीहरुका लागि सुराकीको काम गर्दै आएको बताइएको छ । तस्करी गराउन दिएवापत रावतले लिएको नजरानाको सोझो गर्दै प्रदेश प्रहरी टोली छड्के निगरानीको लागि आउँदा तस्करलाई पूर्व जानकारी दिने गरेकाे आराेप लागेकाे छ ।
जिल्ला प्रहरी कार्यालयकै अपराध अनुसन्धान शाखाको संरक्षण र निगरानीमा अलौंबाट व्यापक तस्करी भएको प्रमाणहरु छताछुल भएपछि प्रहरीको माथिलो निकायले निगरानी बढाएको छ । प्रदेश प्रहरी कार्यालयबाट खटेको टोलीले प्रहरी चौकी सिर्सियाका सई गजानन्द साहसँग सहयोग माग्दा साेकाे जानकारी क्राईमका सई रावतलाई एकछिनमै थाहा हुने र रावतले सो जानकारी तस्करलाई गराउने गरेकाे तथ्य फेला परेकाे स्राेतले बताएकाे छ ।
माथिल्लो कार्यालय तहबाट तस्करी नियन्त्रणको टोली आएको बेला सई रावत तस्करहरुलाई सुचना दिएर समय र बाटो परिवर्तन गराउने गरेको समाचार स्राेतकाे दावी छ । अलौं नाकाबाट अच्छेलाल र बैधनाथ सहित ९ जना तस्करले ठुलो परिमाणमा कपडा, हार्डवेयर, मोटरपार्टस लगायतका समान भारतबाट निर्वाधरुपमा भित्र्याउने गरेका छन् । तस्करहरुले सई रावतलाई यो महिनामा मात्रै ३० लाख भन्दा बढी रकम बुझाएको श्रोतको दाबी छ ।
समाचार अनुसार पर्सा क्राईमको तस्करसँगको सहकार्यको विभिन्न समयका रेकर्ड तथा प्रमाणहरु समेत फेला परेका छन् । क्राईमले रकम बुझने र अर्को टोली गएर मालसमान समातेपछि रावतले रकम बुझेको आधा दर्जन घटना बाहिरिएका छन् । रावतले आफै रकम नबुझी अलौंका केही युवालाई आफनो अघोषित घुमुवा खटाई तस्करहरुबाट रकम बुझ्ने गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय श्रोतका अनुसार तस्करहरुसँग रकमको बार्गेनिङ्ग गर्ने व्यक्तिहरु प्रहरी होइनन्, तर पनि उनीहरु अपराध अनुसन्धान शाखाभित्र लामाे समय बिताउँछन् । सई रावतलाई रकम पठाएपनि मालसमान अर्को टोलीले समाएपछि विलाप गर्दै तस्करहरुले रावतलाई रकम पठाएको खुलासा गरेका हुन् । अलौं नाकामा स्थानीय तस्करहरुको प्रभाव बढी रहेको छ ।
स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी तथा अलौस्थित सशस्त्र प्रहरी बेसले तस्करीलाई सघाएपछि दैनिक लाखौको राजश्व छली भइरहेको छ । दैनिक २५ देखि ३० टन केराउ तिलावे नजिकैको शिवम एग्रोको गोदामबाट भारततर्फ अवैध निकासी भइरहेको छ ।
त्यस्तै भारतबाट दैनिक ठुलो परिमाणमा भित्रिने लता कपडा, हार्डवेयर लगायतका समान जगनाथपुरमा ट्रकमै लोड भई काठमाडाैं, पोखरा लगायतको ठाउँमा पुग्ने गरेका छन् ।
र याे पनि…
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार