भुटारमा बिजुली पुगेपछि,स्थानीयवासी हर्षित
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार २१:५०:३२
५ कार्त्तिक, उदयपुर । मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–२ भुटारमा बल्ल दशैंको समयमा बिजुली पुगेपछि गाउँलेमा खुशीयाली छाएको छ । उदयपुर क्षेत्र नं–२ का सांसद सुरेशकुमार राईको पहलमा सङ्घीय सरकारबाट रू एक करोड पचहत्तर लाख र प्रदेश नं–१ सरकारका तर्फबाट रू एक करोडसहित रू दुई करोड पचहत्तर लाखको लागतमा रौताको मुर्कुची बजारबाट चालिस कोश टाढा उत्तरी पहाडी क्षेत्रको भुटारमा बिजुली ल्याइएको गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए ।
सोमबारदेखि भुटार क्षेत्रमा बिजुली बल्न थालिएकाले दशैंको बेला सबै गाउँलेमा खुशी छाएको वडा नं–२का वडाध्यक्ष खबिन्द्र रासकोटीले जानकारी दिए।पहिलो पटक बिजुलीबत्ती बाल्न पाएकामा रन्जु ठकुरी खुशीहुँदै भने, ,“कोरोनाको ।संक्रमणले अहिले सबै गाउँले दुःखी भइरहेका बेला ढिलै भएपनि दशैंको सम्मुख गाउँमा बिजुली आयो, राति गाउँ नै झलमल्ल हुन पुगेको छ,गाउँ उज्यालो देख्दा साह्रै खुशी लागेर आउँदो रहेछ, यसअघि राति अध्याँरो रहने गाउँ अहिले उज्यालो देख्न पाउँदा हामीहरू धेरै खुशी भएका छौ ।”
भुटारकै कमल राउतले पनि यसरी खुशी ब्यक्त गरे,“अन्यत्र बिजुली बत्ती बल्दा हाम्रो गाउँघर अँधरो नै थियो तर गाउँमा छिटै बिजुली आयो, कोरोनाका कारण आफूहरूको खुशी खोसिए पनि दशैंको समयमा गाउँमा बिजुली आउँदा सबैं खुशी छौं, अहिले गाउँनै उज्यालो भएकोले आफूहरूले सबै दुखः बिर्सेजस्तो लाग्छ ।”भुटारका करिव दुईसय पचास घरमा विद्युत बितरण गरिएको र अब अन्य वडाहरूमा पनि २०७८ सालभित्रै बिजुली बिस्तार गरिसक्ने लक्ष्य रहेको अध्यक्ष खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार