सोमबार , मंसिर १५, २०७७

कोभिड प्रभावित अर्थतन्त्र उकास्न साझा प्रयास गर्नुपर्नेमा गभर्नर अधिकारीको जोड

कोभिड प्रभावित अर्थतन्त्र उकास्न साझा प्रयास गर्नुपर्नेमा गभर्नर अधिकारीको जोड

५ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति एएफआई र जी २४ का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

जी २४ एएफआई पोलिसी मेकरर्स राउण्ड टेबल बैठकमा भाग लिँदै उनले साना तथा मझौला उद्यम/व्यवसायको पुनरुत्थानको निम्ति स्रोतको व्यवस्थापन, नीतिगत तथा नियामकीय सहुलियत, विद्युतीय बैंकिङ प्रणालीको प्रबर्द्धनका निम्ति केन्द्रित हुनुपर्ने बताए ।

गभर्नर अधिकारीले कोभिड संक्रमणको विषम परिस्थितिलाई विद्युतीय भुक्तानी प्रणाली र ई–कमर्श प्रबर्द्धनको अवसरका रूपमा लिइनुपर्ने आवश्यकता औंल्याए । उनले भने, “डिजिटल बैंकिङको प्रबर्द्धनबाट युवा पुस्ताको रोजगारी प्रबर्द्धन र उद्यमशीलताको विकासमा टेवा पुग्न सक्छ ।”

एलाइन्स फर फाइनान्सियल इन्क्लुजनका सञ्चालक समितिका सदस्यसमेत रहेका गभर्नर अधिकारीले कोभिडबाट देखिएको समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढनुपर्ने उल्लेख गरे ।

सो बैठकमा सहभागी बीच कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरको न्यूनीकरणका निम्ति अवलम्वन गरिएका नीतिगत प्रयास र युवा पुस्ताको वित्तीय समावेशीकरणका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैठकमा आर्थिक वृद्धि र विकासमा युवा पुस्ताको भूमिका र डिजिटल वित्तीय साक्षरतामार्फत वित्तीय समावेशीकरणलाई प्रबर्द्धन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओली सरकारको काम : ११ अर्ब बढी बेरुजु ! ओली सरकारको काम : ११ अर्ब बढी बेरुजु ! ३ हप्ता पहिले
पोखराका पत्रकार राजकुमार घिमिरे पक्राउ पोखराका पत्रकार राजकुमार घिमिरे पक्राउ ६ दिन पहिले
अनलाइनबाटै मुक्तिनाथ विकास बैंकमा कर्जा आवेदन गर्न सकिने अनलाइनबाटै मुक्तिनाथ विकास बैंकमा कर्जा आवेदन गर्न सकिने ४ दिन पहिले
चिरकिट्टे गाउँमा : पोल पु¥याएको चार वर्षपछि बिजुली पुग्यो चिरकिट्टे गाउँमा : पोल पु¥याएको चार वर्षपछि बिजुली पुग्यो ५ दिन पहिले
महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरु चयन गर्ने उपयुक्त अवसर आएको छ : उपाध्यक्ष ढकाल महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरु चयन गर्ने उपयुक्त अवसर आएको छ : उपाध्यक्ष ढकाल ४ हप्ता पहिले
ट्यांकरभित्रै प्वाल पारेर पेट्रोल चोरी ट्यांकरभित्रै प्वाल पारेर पेट्रोल चोरी २ हप्ता पहिले
सप्तरीमा कोरोना संक्रमित वृद्धाको ज्यान गयो सप्तरीमा कोरोना संक्रमित वृद्धाको ज्यान गयो १ हप्ता पहिले
किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ : निवर्तमान अध्यक्ष पशुपति मुरारका किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ : निवर्तमान अध्यक्ष पशुपति मुरारका २ हप्ता पहिले