बालुवाटार प्रवेश गरे ‘रअ’का प्रमुख गोयल !
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बिहिबार ३:३४:०
४ कार्तिक, काठमाडौं । भारतीय सेना प्रमुखको आसन्न भ्रमणको सुरक्षाअवस्था बुझ्न नेपाल आएका भारतीय जासुसी संस्था ‘रिसर्च एण्ड एनालाईसीस’ रअका प्रमुख सामन्त गोयल बालुवाटार प्रवेश गरेका छन् ।
दिउँसो एयर इण्डियाको विशेष विमानमा काठमाडौं उत्रिएका गोयल राती बालुवाटार छिरेका हुन् । ९ सदस्यीय विशेष टोलीसहित काठमाडौं उत्रिएका रअ प्रमुख गोयलले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहेका छन् ।
त्यसअघि उनले दिउँसो अरु भीआईपीसँग पनि छलफल तथा भेटवार्ता गरेका थिए । रअका प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि उनले सीमा विवादबारे विभिन्न दलका नेताहरुसंग छलफल गर्ने कार्यक्रम छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक तेस्रो साता नेपाल आउने तयारी गरिरहेका बेला ’रअ’को विशेष टोली काठमाण्डु अवतरण गरेको हो । उनको भ्रमण दुई देशको सम्बन्ध सुमधुर गर्नेमा केन्द्रित हुने बताइएको छ ।
भारतीय सेनाध्यक्ष नरवाणेले यसअघि लिम्पियाधुराको नेपाली भूमि सरकारले संविधान संशोधन गरेर नयाँ नक्सा सार्वजनिक गर्दा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको चर्को आलोचना समेत भएको थियो । सोही कारण उनको आसन्न भ्रमणमा कुनै समस्या नरहोस भनेर सम्भावित सुरक्षा अवस्थाको निरीक्षण गर्न गोयल काठमाडौं उत्रिएका हुन् । यसअघि ओली सरकार गठन हुनेवित्तिकै गोयल नेपाल आएर उच्च भेटवार्ता गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार