गोदावरीले नगरवासीको निःशुल्क कोरोना परीक्षण गर्ने
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार १६:१२:४०
६ कार्तिक, ललितपुर । गोदावरी नगरपालिकाले निःशुल्क स्वाब परीक्षण गर्ने भएको छ । गोदावरीले बुधबार एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका नगरवासीको कन्ट्याक्ट टे«सिङ गर्दा सम्पर्कमा आएका व्यक्तिलगायत परिवारको निःशुल्क पीसीआर परीक्षण गर्ने जनाएको छ ।
कोभिडले नगरवासीमा पर्ने जोखिम न्यूनीकरणका लागि सो व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “हामीले आजबाट कोरोनाको लक्षण देखिएका नगरवासीको हितमा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रहेको रकम खर्च गर्ने भएका छौँ । वडा नं ६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा लगेर यी व्यक्तिको निःशुल्क स्वाब परीक्षण गराउने व्यवस्था गरिसक्यौँ ।”
यसैगरी गोदावरीले वडा नं ४ बडिखेलस्थित कोरियन होटलमा महिनाको रु दुई लाख ५० हजार तिरेर कोरोना सङ्क्रमितलाई राख्ने व्यवस्था गरिसकेको छ । नगरपालिकाले पहिलो चरणमा तीन महिनाका लागि भदौदेखि यही कात्तिकसम्म सो होटल भाडामा लिएको थियो । अहिले पनि त्यहाँ छ जना कोरोना सङ्क्रमितलाई राखेर सेवा दिइरहेको नगरप्रमुख महर्जनले जानकारी गराए ।
उनका अनुसार यसअघि होटल आइसोलेसनमा राखिएको १७ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किसकेको छ । घरमा आइसोलेसन बस्न उपयुक्त वातावरण तथा कोठालगायत शौचालय नभएका कोरोना सङ्क्रमितलाई नगरपालिकाले होटल आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ । यसका साथै नगरपालिकाले प्रत्येक सङ्क्रमितलाई दैनिक रु एक हजारको खाना र खाजाको व्यवस्था समेत गर्दै आएको नगरप्रमुख महर्जनको भनाइ छ । “यस होटलमा ५० शय्याको सुविधा छ”, उनले भने, “नगरपालिकाभित्रका कोरोना सङ्क्रमितलाई राख्न यो होटल भाडामा लिएर सहयोग गरिरहेका छौँ ।”
गोदावरीमा मङ्गलबारसम्म कोरोना सङ्क्रमित सङ्ख्या ४६८ पुगेको छ । तीमध्ये उपचार पछि निको भएर घर फर्किनेको सङ्ख्या २२७ जना रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने २३४ रहेका छन् । अहिलेसम्म कोरोना सङक्रमणबाट सात जनाको मृत्यु भइसकेको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार