घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार १६:३२:४२
६ कार्तिक, सिन्धुली । यहाँको फिक्कल गाउँपालिले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो ।
टोलटोलमा गएर गाउँपालिकाका एक हजार २०० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकका उपाध्यक्ष पार्वती सनुवारले बताए । उनले भने, “सामाजिक सुरक्षा भत्ता बैंकसम्म पुगेर ल्याउन सक्ने सम्भव देखिँदैन, घण्टौँसम्म पैदल हिँडेर ज्येष्ठ नागरिकलाई भत्ता लिन जान झन् समस्या छ । यस्ता समस्याको समाधान गर्न गाउँपालिकाले टोलटोलमा पुगेर भत्ता वितरण गर्ने अभियान चलाएको छ ।”
लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले बताए। हालसम्म वडा नं ५ र ६ का लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बुझिसकेको तथा वडा नं १, ३, ४ मा वितरण भइरहेको उहाँले जानकारी दिए ।
जिल्ला अरु स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आए पनि फिक्कलले भने कोरोनाको सङ्क्रमण फैलन सक्ने भन्दै घरैमा पुगेर भत्ता बाँड्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार