मंगलबार , मंसिर १६, २०७७

महिला सहकारीमार्फत दुई हजारभन्दा बढी खसीबोका बिक्री

महिला सहकारीमार्फत दुई हजारभन्दा बढी खसीबोका बिक्री

६ कार्तिक, काठमाडौं । बडादशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन् ।

महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मात्रै आठ सय खसीबोका खरीद गरेको छ । थप दुई सय खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजना छ । दाङबाट यस वर्ष एक हजार खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजनानुसार अहिलेसम्म आठ सय खसीबोका खरीद गरिएको खाद्य कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए ।

शुरुमा छ सय खसीबोका खरीद गर्ने कार्यक्रम आए पनि पछि थप चार सय खसीबोका खरीद गर्ने जिम्मेवारी आएको कम्पनीले जनाएको छ । उनले भने ‘खसीबोका सहजरुपमा पाउन थालेपछि जिम्मेवारी पनि बढेको छ । सहकारीमार्फत किसानले व्यावसायिक बाख्रा पालन गर्न थालेपछि उत्पादन बढ्यो ।’

प्रतिकिलो जिउँदो खसी रु ५३० देखि रु ५५० मा कम्पनीले किन्ने गरेको छ । सहकारी संस्थाले किसानबाट प्रतिकिलो रु ५३० सम्ममा किन्ने गरेको छ । सहकारीले लिने सेवा शुल्क किसानलाई कार्यक्रममार्फत फर्काउने गरेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले जानकारी दिए । सहकारीमार्फत कारोवार गर्दा सुरक्षित र उचित मूल्य पाउने भएकाले यस वर्ष कारोवार बढेको उनको भनाइ छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज बजारमा सुनको मूल्यमा ५०० वृद्धि आज बजारमा सुनको मूल्यमा ५०० वृद्धि २ घण्टा पहिले
अस्पताल सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण अस्पताल सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण २० घण्टा पहिले
सुरकारले थाल्यो कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न अध्ययन सुरकारले थाल्यो कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न अध्ययन ४ घण्टा पहिले
सबै जिल्लामा टेलिकमको फोरजी सेवा पुग्याे सबै जिल्लामा टेलिकमको फोरजी सेवा पुग्याे १९ घण्टा पहिले
नेकपाको स्थायी कमिटी बैठक अन्यौलमा, सदस्यहरुलाई छैन् जानकारी ! नेकपाको स्थायी कमिटी बैठक अन्यौलमा, सदस्यहरुलाई छैन् जानकारी ! १५ मिनेट पहिले
चन्द्रागिरि नगरपालिकाद्वारा १० लाखमा एम्बुलेन्स खरिद चन्द्रागिरि नगरपालिकाद्वारा १० लाखमा एम्बुलेन्स खरिद ७ घण्टा पहिले
डा भट्टराई भन्छन, नेपाल र भारतबीचको संवाद पूर्वस्थितिमै फर्केको छ ! डा भट्टराई भन्छन, नेपाल र भारतबीचको संवाद पूर्वस्थितिमै फर्केको छ ! २१ घण्टा पहिले
धुम्बाराहीबाट तर्सिए ओली, सविचालय बैठक बालुवाटारमै बस्ने ! धुम्बाराहीबाट तर्सिए ओली, सविचालय बैठक बालुवाटारमै बस्ने ! २ घण्टा पहिले