सुदूरपश्चिममा पनि कोरोनाको उपचार निःशुल्क
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार २०:१६:४१
६ कार्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन् । उनले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेको बताए । उनले भने, ‘‘स्वेच्छाले नमूना सङ्कलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने र दिन नसक्नेको हकमा निःशुल्क गर्ने भनी पत्राचार भएको जनाइएको छ । मन्त्रालयको पत्राचारसँगै अस्पताल तथा प्रयोगशालामा कोरोनाको उपचार तथा परीक्षण गराउनेबाट शुल्क लिने÷नलिने भन्ने विषयमा केही अलमल पनि देखिन थालेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले भने कोरोना उपचार र परीक्षणसम्बन्धी सङ्घीय सरकारको पछिल्लो निर्णय तत्काल कार्यान्वयनमा नआएको जनाएको छ । “सङ्घीय सरकारले मातहतका स्वास्थ्य निकायका हकमा यस्तो निर्णय गरेको हुनसक्छ”, मन्त्री सुवेदीले भने, ‘‘प्रदेशमा कोरोनाको जाँचलगायत सबै कार्य प्रदेशकै नियमानुसार भइरहेको छ ।” प्रदेशको दार्चुला र बाजुराबाहेक सबै जिल्लामा कोरोनाका शङ्कास्पद व्यक्तिको पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।
प्रदेशमा कोरोनाका जटिल अवस्थाका बिरामी बढ्दै जान थालेका छन् । जटिल सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकासको काम पनि अगाडि बढाएको छ । प्रदेशका विभिन्न अस्पतालमा थप २० वटा भेन्टिलेटर थप्ने काम भइरहेको छ ।
सुदूरपश्चिममा हालसम्म एक लाख एक हजार २०६ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । सङ्क्रमितको सङ्ख्या आठ हजार ९७३ पुगेको छ । बुधबार साँझसम्म प्रदेशमा एक हजार ५०१ सक्रिय सङ्क्रमित छन् । कोभिड–१९ बाट हालसम्म प्रदेशमा २१ जनाको मृत्यु भएको छ । चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार